Mahagatha ep 12-13

 

Epsode 12
त्यही बेला ३३ दलका प्रमुखहरू पनि परीक्षण स्थलमा आउन थाले। नील आफूले परीक्षणमा भाग लिन नपाउने भनेर चिन्ता गर्दै थियो। नीलले फेरि भन्यो, “मेरो गल्ती होइन! तपाईं अन्याय गर्दै हुनुहुन्छ, म यो अन्याय स्वीकार गर्दिनँ। यहाँ हजारौँ शिष्यहरू छन्, उनीहरूलाई सोध्नुहोस् प्रमाणको लागि।”

यो सुनेर यशवन्तलाई रिस उठ्यो र रिसले आगो हुँदै नीललाई थप्पड हान्न आफ्नो हात उठाए। जब त्यो थप्पड नीलतिर आउन लाग्यो, त्यही बेला आवाज आयो, “पर्ख यशवन्त! यो के गरेको? के गर्न खोजेको?”

सबैले आवाज आएको ठाउँतिर हेरे। त्यहाँ एक निलो रङको कपडा लगाएकी अत्यन्त सुन्दरी युवती उभिएकी थिइन्। हो, सुभाङ्गीलाई देखेपछि यशवन्तको सातो गयो। उनले भने, “म यसलाई आश्रमको नियम उल्लंघन गरेको आरोपमा सजाय दिन लागेको हुँ।”

नीलले यही बेला भन्यो, “मेरो गल्ती होइन। म आफ्नो रक्षा गर्दै थिएँ, ममाथि हमला भएको हो। आफ्नो सुरक्षा गर्नु कुनै गल्ती हुन सक्दैन।”

सुभाङ्गीले भनिन्, “एकतर्फी कुरा सुनेर न्याय हुँदैन। तिमी भन, के भएको हो? आफ्नो तर्फबाट जवाफ देऊ।”

नीलले भन्यो, “म यहाँ बसेको बेला यिनीहरू आएर मलाई जिस्काउँदै भनाभन भयो। त्यही बेला उनीहरूमध्ये एकले मलाई मार्ने गरी हमला गर्‍यो। त्यो हमलाबाट बच्न मैले आत्मरक्षामा आफूलाई बचाउने चाल मात्र चालेको हुँ।”

यो सुनेर यशवन्तले भन्यो, “आफ्नो मनको कुरा गरेर हुँदैन, प्रमाण चाहिन्छ।”

तर प्रमाणको कुरा सुन्ने बित्तिकै त्यहाँको सम्पूर्ण हल्ला शान्त भयो, कसैको केही आवाज आएन। त्यसैबीचमा एक आवाज आयो, “नीलले साँचो भन्दै छ, लडाइँ कुलीन शिष्यले थालेका हुन्।” यो आवाज सुनेपछि सम्पूर्ण साधारण योद्धाहरू पनि बोल्न थाले। सबैले नीलको पक्षमा बोल्न थाले र सबैले नेमो र अन्यलाई आरोप लगाए।

यो सुनेर सुभाङ्गीले सोधिन्, “प्रमाणित भयो, कसको गल्ती हो? यिनीहरू कुन दलका हुन्?”

यो प्रश्न सुनेर यशवन्तले हतारमा आफू जोगिन भन्यो, “व्योम दलका आन्तरिक सदस्य हुन्, सबैलाई मैले १०० शिष्य अङ्क काट्ने सजाय दिइसकेँ।”

यो सुनेर सुभाङ्गीले भनिन्, “आचार्य रामचरण, तपाईंको दलका शिष्यहरूले एक शिष्यमाथि अकारण हमला गरेका छन्। तपाईं यो दलको प्रमुख हुनुहुन्छ, यसको के सजाय हुन्छ, तपाईं तय गर्नुहोस्।”

रामचरण पनि यो सुनेर हतार-हतार भने, “यस्तो आश्रमको नियम भङ्ग गर्ने शिष्यको हरेकको शिष्य अङ्कबाट १००० अङ्क काटिन्छ।”

यो सुनेर सबैजनाको सातो गयो, किनकि १००० अङ्क सानो अङ्क थिएन। आश्रमका विभिन्न कामको लक्ष्य पूरा गरेर निर्धारित अङ्क पाउन सकिन्थ्यो र आश्रमबाट यसको खरिद गर्न १ अङ्कको लागि २ निम्न स्तरका अधम्य पत्थर दिनुपर्थ्यो। साथै, यो अङ्कले नै आश्रमका विभिन्न युद्ध तरिका र अभ्यासका सामग्री लिनको लागि निश्चित शिष्य अङ्क खर्च गर्नुपर्थ्यो।

यो १००० अङ्क कुलीन शिष्यहरूका लागि पनि निकै ठूलो कुरा थियो। २००० निम्न अधम्य पत्थर हरेक जनाको र जम्मा १२ जना शिष्य, यसको मतलब २४,००० निम्न अधम्य पत्थर खर्च हुनु! ‘नेमो शेखावत’ अर्थात् शेखावत परिवारको लागि यो निकै ठूलो धनराशी खर्च हुनु थियो।

यो सुनेर सुभाङ्गीले खुसी मुद्रामा हाँस्दै भनिन्, “उम्, यो सजाय राम्रो सुनियो। त २ १२ शिष्यको १२,००० अङ्क घटाइयोस्।”

आचार्य रामचरणले स्वीकार गर्दै टाउको हल्लाए, तर मनमनै भने, “के तमासा हो यस्तो! यिनको कुरा नमानूँ आफ्नो जागिर जाने डर, मानौँ कुलीन परिवार रिसाउलान्।” तर हालत हेर्दा उनले यो मान्नुको विकल्प थिएन भन्दै मन खिन्न पारे।

यो सजाय सुनेर देवदत्त र नेमोको मनमा ठूलो ढ्याङ्ग्रो बज्न थाल्यो। के थाहा, नीलसँगको यो मुठभेडले यत्रो हानि गराउँछ! नेमोको आँखामा नीलको लागि एउटा मार्ने लक्ष्य थियो र यसमा झन् रातो बलिरहेको देखिँदै थियो।

अब यो सबै लफडा सकियो। त्यही बेला सुभाङ्गी नील भएको ठाउँमा आएर भनिन्, “अब यो कुरा यहीं सकियो, शान्त होऊ र मलाई तिम्रो त्यो शिष्य प्रमाणपत्र देऊ।” नील अचम्म मान्दै भर्खरै आफूलाई सहयोग गर्ने सुभाङ्गीलाई आफ्नो प्रमाणपत्र दियो। सुभाङ्गीले त्यो शिष्य प्रमाणपत्र केहीबेर हेरिन् र नीललाई फिर्ता दिइन्।

अब यशवन्तले मञ्चमा चढेर बोल्न थाले, “अब आजको परीक्षण सुरु हुन्छ। यो परीक्षणको नाम 'रक्त परीक्षण' हो। यो एक मायाजाल परीक्षण हो, जहाँ प्रत्येकले मायाजालभित्रका भ्रमित जनावरहरूलाई मार्नुपर्नेछ। यहाँ जम्मा ५ वटा क्षेत्र छन्, जसमा क्रमशः फरक-फरक शक्तिका जीवहरू छन् र प्रत्येक जनावर मारेपछि एउटा विशेष पत्थर पाउन सकिन्छ, जसको नाम 'जीवन पत्थर' हो। ती जीवहरू मारेपछि श्रेणीअनुसार क्रमशः हरियो, पहेँलो, निलो, बैजनी कालो रङका जीवन पत्थरहरू पाउन सकिन्छ।”

परीक्षणमा उत्तीर्ण हुनका लागि यी रङका आधारमा निम्न बमोजिमका जीवन पत्थरहरूको आवश्यकता पर्छ: हरियो: १०० वटा पहेँलो: ५० वटा निलो: २५ वटा बैजनी: ५ वटा कालो: १ वटा

नील पनि यो सुनेर मनमा हिसाब गर्न थाल्यो, “मानमर्यादा अनुसार कमजोर १०० जनावर मार्नुभन्दा ५ ताराको १ जनावर मार्दा परीक्षण उत्तीर्ण हुन सजिलो हुने रहेछ। तर, तागत अनुसार यो निकै गाह्रो पनि हुन सक्छ।”

त्यही बेला फेरि यशवन्तको आवाज आयो, “मैले अघि नै भनेँ, यो एउटा 'मायाजाल परीक्षण' हो। यसमा यदि कोही मरेछ भने पनि उनीहरूलाई केही हुँदैन, परीक्षणबाट मात्र बाहिरिने छन्। दुःखाइको अनुभव पनि वास्तविक जस्तै हुन्छ, सबै समान हुन्छ। तर, यो मायाजालभित्र हुने भएकाले वास्तविक शरीर सधैँ सुरक्षित हुन्छ, तर जो मायाजालभित्र मर्छ, त्यो शिष्यलाई यो परीक्षणबाट निष्कासित गरिनेछ।”

त्यससँगै उसले पहाडतिर हात देखाउँदै भन्यो, “, अब परीक्षण सुरु हुन्छ। आश्रमको नियमअनुसार पहिले कुलीन (धनाढ्य) शिष्यहरू पहाडमा प्रवेश गर्न पाउँछन् र त्यसपछि अन्य साधारण छात्रहरू।”

यो सुनेर सबै साधारण छात्रको मनमा फेरि आगो बल्यो, तर आश्रमको नियम भएकाले कसैले केही बोल्न सकेनन्। यत्तिकैमा नेमोले आफ्ना २ जना साथीलाई हेरेर इसारा गर्दै नील र अनिरुद्धलाई परीक्षणमा मारेर उत्तीर्ण हुन नदिनु भन्दै पहाडको प्रवेशद्वारतिर हिँडे।

बाटोमा जाँदा नेमोले भन्यो, “देवदत्त, मेरो दाजुले तिमीलाई सम्झँदै हुनुहुन्थ्यो। काली पहाडीमा नीलिमालाई दाइको कुरा पुर्‍याउन दाइले तिम्रो याद गर्नुभएको थियो। कुनै पत्र नीलिमा भएको ठाउँमा पुर्‍याउनु थियो।” यो सुनेर देवदत्तले हाँस्दै, “भइहाल्छ नि!” भन्दै अगाडि बढे

कुलीन छात्रपछि बाँकी सबै साधारण शिष्यहरू पनि प्रवेश गर्न थाले। नील पनि मनमनै सोच्न थाल्यो, “किन र कसरी नेमोले देवदत्तलाई यति धेरै सहयोग गर्छ? के छ यसको रहस्य?” तर बिचरालाई के थाहा, यहाँ उसको आफ्नै बहिनीलाई आधार मानेर यो सम्बन्ध यति घनिष्ठ भएको थियो।

नील यत्तिकैमा एउटा सुनौलो ढोकामा पुग्यो। छक्क पर्दै त्यो ढोकाबाट भित्र छिर्‍यो, तर अचम्म! यो के हो? जुन पहाड अघि तलबाट हेर्दा रातो माटो र धुलोले भरिएको बन्जर देखिन्थ्यो, भित्र छिर्ने बित्तिकै त्यहाँ घना जङ्गल, नदी-नाला र हरिया फूलहरू फुलेका देखिए। यता-उता चराहरू गुणगुनाउँदै थिए, खोलाको छेउमा मृग र खरायोहरू खेल्दै घाँस चर्दै थिए। पानीमा माछाहरू सँगै पानीमाथि उफ्रिँदै थिए। आकाशमा सुन्दर बादलहरू थिए र दृश्य यति मनोहर थियो कि सायद यही नै स्वर्ग हो! यस्तो अद्भुत ठाउँ देखेर नील एकछिन अलमलमा पर्‍यो। तर, उसले तुरुन्तै आफ्नो मन सम्हाल्यो र भन्यो, “यो भ्रम हो, किनकि म एउटा मायाजालमा छु।”

त्यति भन्दै उ अगाडि बढ्यो। जङ्गल अझ घना र डरलाग्दो बन्दै गयो। झन् ठूला रूख र झाडीहरूले मनमा डरको लहर उत्पन्न गराउने, डरलाग्दो घनघोर जङ्गलको स्वरूप देखिन थाल्यो।

एकैछिनमा नीलले एउटा जनावरको आवाज सुन्यो र भयानक लडाइँको सङ्केत पायो। नील त्यतैतिर गयो र देख्यो कि तीन जनाले एउटा जनावरलाई मार्न प्रहार गरिरहेका छन्। यो निम्न श्रेणीको जनावर थियो, त्यसैले उनीहरूले त्यसलाई मार्न धेरै दुःख पाएनन् र सजिलै मारे। नीलले यो दृश्य हेर्दै अगाडि बढ्यो। उसले मनमनै सोच्यो, “यहाँ १०० वटा जनावर मार्नुभन्दा बरु म दोस्रो क्षेत्रमा जान्छु,” भन्दै ऊ अगाडि बढ्यो।

जब नील दोस्रो क्षेत्रमा पुग्यो, त्यहाँ एउटा रूखमा एक राक्षसी बाँदर देखियो। नील र बाँदरले एकैसाथ एक-अर्कालाई देखे। बाँदरले सुरुमा नीलमाथि हमला गर्‍यो। नील पनि त्यसलाई मार्न तल्लीन भयो। बाँदरले हमला गर्दै र आफूलाई बचाउँदै भागिरह्यो। नीलले त्यसलाई पछ्याइरह्यो। धेरै बेरपछि पनि नीलले बाँदरलाई मार्न नसकेपछि उसले अर्को तरिका अपनाउने सोच्यो।

नीलले एक्कासि आफ्ना दुवै हातले एउटा रूखलाई जोडले हान्यो र एकै झट्कामा त्यो रूख ढाली दियो। बाँदर त्यही बेला त्यो रूखमा हामफाल्न खोजिरहेको थियो, तर रूख नभएपछि त्यो बाँदर सिधै नील भएको ठाउँमा खस्यो। यही मौका छोपेर नीलले त्यसलाई प्रहार गरी मार्यो। नीलले त्यहाँबाट 'पहेँलो' रङको पत्थर प्राप्त गर्‍यो र खुसी भयो।

त्यत्तिकैमा नीलले सुन्यो, “यो पत्थर यहीं छोडेर यहाँबाट निस्क!” नील त्यो आवाज आएको ठाउँतिर हेर्दा तीन जना कुलीन छात्र उभिएको देख्यो। “यो मैले मारेको जनावर हो, तिमीहरूलाई किन दिने?” भन्दै नीलले त्यो पत्थर खल्तीमा हाल्यो। ती तीन जनामध्ये एकले भन्यो, “हामी राणावत परिवारका सदस्य हौँ। हाम्रो कुरा नमान्दा तँलाई दुःख हुनेछ, याद राख! त्यो पत्थर हामीलाई दे।”

नीलले केही नसुनेझैँ गरी त्यहाँबाट हिँड्न खोज्यो, तर ती तीनै जनाले एकैसाथ उसको बाटो रोके र पत्थर दिन दबाब दिन थाले। त्यही बीचमा एक जनाले नीलमाथि हमला गर्‍यो

नील एक कदम पछाडि सरेर ती दुई जनाको घाँटी समात्यो। गाह्रो मान्दै तीमध्ये एकले भन्यो, “मलाई छोड! तँलाई मेरो परिवारको बारेमा थाहा छ? तँलाई टुक्रा-टुक्रा पारेर मार्न सक्छु।”

नीलले हाँस्दै दुवैलाई हेर्‍यो र ती दुईको टाउको एक-अर्काको टाउकोमा जोडले ठोक्काइदियो। उसले आफ्नो पूरै शक्ति लगाएर ठोक्काएको थियो, एकै झट्कामा दुवैको प्राण गयो। नीलले एकै प्रहारमा दुई जनाको हत्या गरिदियो र ती दुई जना परीक्षणबाट अनुत्तीर्ण भए।

बाँकी रहेको एक छात्रलाई नीलले रिसले हेर्दै भन्यो, “तँसँग भएका सबै जीवन पत्थर मलाई दे, नत्र तँलाई पनि मार्दिन्छु। परिवारको धम्की मलाई नदे, किनकि तेरो राणावत परिवार यो परीक्षण स्थलमा कसैलाई बचाउन आउन सक्दैन।” यो सुन्ने बित्तिकै त्यो केटोले हतार-हतार आफूसँग भएका सबै पत्थर भुइँमा राख्यो र त्यहाँबाट भाग्यो।

नीलले आफूले लुटेको २० वटा जति पत्थर उठायो र मनमनै खिन्न हुँदै सोच्यो, “मलाई कसैको पत्थर लुटेर यो परीक्षण उत्तीर्ण गर्ने मन छैन, तर यदि कोही मलाई लुट्न आउँछ भने त्यसको सामान लुट्नु कुनै पाप होइन।” यति भन्दै नील फेरि अर्को दिशातिर अगाडि बढ्यो।

यता, खुनी पहाडको भ्रमजाल बाहिर सबै दलका प्रमुखहरू आफ्नो-आफ्नो अगाडि चित्रपटल राखेर यो परीक्षण हेर्दै थिए। जो उत्कृष्ट थियो, उसलाई कुनै पनि प्रलोभन देखाएर आफ्नो दलमा तान्ने र आफ्नो दललाई अझ उत्कृष्ट बनाउने लक्ष्य सबै दलका प्रमुखहरूको थियो। चारैतिरको प्रगति हेर्दै प्रत्येक वर्ष ३३ दलको श्रेणी निर्धारण हुन्थ्यो र जुन दल उच्च श्रेणीमा हुन्थ्यो, त्यो दलले साधनाका साधन, पवित्र औषधि र अन्य आश्रमका स्रोत-साधनहरू धेरै मात्रामा प्रयोग गर्न पाउँथ्यो। त्यसैले, सबै प्रमुखहरू यो परीक्षण राम्ररी हेर्दै आफ्नो लागि शिष्य छान्ने गर्थे।

एपिसोड १३

शिष्यहरूसँग भएको 'शिष्य प्रमाणपत्र'को सहयोगबाट भित्र हरेक शिष्यको दृश्य यहाँ 'चित्रपटल'मा देखिने व्यवस्था थियो। यसै बीच, एक जना पहाडतिर हेर्दै, हातको मुट्ठी कस्दै र आँखा राता-राता पार्दै बसिरहेको थियो। त्यो 'नागदूत दल'को उप-प्रमुख थियो, जसको नाम थियो— "विद्याधर राणावत"।

राणावत परिवारले आफ्ना चार जना शिष्यहरूलाई यहाँ 'रक्त परीक्षण'मा पठाएको थियो र ती चारै जनालाई जस्तोसुकै अवस्थामा पनि उत्तीर्ण गराउने जिम्मा विद्याधर राणावतको थियो। ती चार जनामध्ये दुई जना भर्खरै अनुत्तीर्ण भइसकेका थिए, त्यसैले राणावतको यो रिस सामान्य थिएन। मनमनै "यो केटाको यत्रो आँट!" भन्दै उनी रिसले मुरमुरिँदै बसेका थिए।

उसले मनमनै यो केटालाई जसरी भए पनि सजाय दिने योजना बनायो। उसले निलको बारेमा जानकारी लिन 'चलचित्र शिला पत्थर'मा खोज्न थाल्यो र चाँडै नै 'निल'को नाम भेट्टायो। जब विद्याधर राणावतले निलको दृश्य हेर्न खोज्यो, तब त्यो दृश्य धमिलो र अस्पष्ट आयो। सायद यो केटाको शिष्य प्रमाणपत्रको सञ्चार प्रणालीमा केही समस्या भयो होला भन्दै उसले अर्को दृश्य हेर्न थाल्यो,

निलको दृश्य कसैको पनि चित्रपटलमा देखिइरहेको थिएन। अलि पर बसेकी 'अम्बर दल'की उप-प्रमुख मनमनै चाख मान्दै निललाई हेर्दै थिइन्। वास्तवमा, सुभाङ्गी मात्र निलको यो दृश्य हेर्न सक्थिन्; किनकि पहाडमा प्रवेश गर्नुअगाडि उनले निलको 'परिचय पत्र'मा आफ्नो आध्यात्मिक छाप छोडेर त्यसलाई आफ्नो लागि मात्र हेर्न मिल्ने बनाएकी थिइन्।

उनको कारण यही थियो कि निलमाथि अरू कसैको ध्यान नजाओस् र उनले निललाई आफ्नो दलका लागि छनोट गर्न पाऊन्। उनी मनमनै "निललाई चाँडै नै उत्तीर्ण गराउनु पर्छ" भन्दै बसिरहेकी थिइन्।

तर जीवनमा भाग्य र नियतिको पनि असर हुन्छ, सबै मानिसले सोचेजस्तो कहाँ हुन्छ र? त्यही बेला 'रणधिर'को शिष्य परिचयपत्रमार्फत उसको खोजी गर्दै गर्दा विद्याधर राणावतले देख्यो—दिग्विजय र रणविजयलाई निलले मारिसकेको रहेछ र परीक्षणबाट बाहिर पठाइसकेको रहेछ। अब निललाई त्यहीँ परीक्षण स्थलमै सबक सिकाउनुपर्ने भयो रणधिर लाइ भन्ये यस्तो सम्पर्क गर्नु ' आश्रमकै नियमको सिधा अवज्ञा थियो, तर पनि विद्याधर राणावत रिसको आवेशमा आएर यो काम गर्यो।

यता, निल जङ्गलमा एक्लै यात्रा गर्दै थियो। तर बाटोमा २० जना जति कुलिन छात्रहरूले बाटो छेके। उनीहरूले "यहाँभित्र जानका लागि जुनसुकै छात्रसँग भएको सबै 'जीवन पत्थर'  हामीलाई बुझाउनुपर्छ" भन्ने नयाँ नियम बनाएका थिए। निलले यो लज्जाहीन लुटेराहरूको समूह देखेर अलि रिस पनि उठ्यो। दोस्रो क्षेत्रबाट तेस्रो क्षेत्रमा जान कुनै पनि हालतमा यही बाटो भएर जानुपर्ने बाध्यात्मक अवस्था थियो।

निल पनि त्यही बाटोमा पुग्यो, जहाँ अन्य सामान्य शिष्यहरूले त्यस कुराको विरोध गर्न थालेका थिए। त्यहाँ एक प्रकारको हत्याको लहर सुरु भयो; शिष्यहरू आपसमा काटमार गर्न थाले। त्यस भिडन्तमा कति जना सामान्य र कति जना कुलीन शिष्यहरू मारिँदै गए। निलले यो अवस्थालाई बेवास्ता गर्दै अगाडि बढ्यो। जब बाटो काट्ने तरखरमा थियो, उसले अनिरुद्धलाई देख्यो। त्यति नै बेला कुलीन शिष्यहरूले अनिरुद्धमाथि हमला गर्न थाले। यो देखेर निलले हतारमा अनिरुद्धलाई तानेर बचायो, तर अब त्यो समूह निलमाथि जाइलाग्यो।

निल भागेको जस्तो नाटक गर्यो। जब सबै छात्रहरू उसको पछाडि कुदे, त्यही बेला निल एक्कासि घुम्यो र सिधै त्यो समूहको नेता भएको छात्रतिर दौडियो। त्यो केटाले पनि स्थिति बुझेर निलमाथि हमला गर्न अगाडि बढ्यो, तर निलले आफ्नो शरीरलाई सन्तुलित गर्दै उसको गर्धनमा एक मुक्का हिर्कायो। त्यो केटा लड्ने बित्तिकै निलले उसको घाँटी समातेर उचाल्दै अन्य शिष्यहरूलाई धम्क्यायो, "सबै आफ्नो ठाउँमा बस, नत्र म यसलाई मारिदिन्छु र परीक्षणबाटै हटाइदिन्छु!"

यो सुन्ने बित्तिकै सबै शान्त भएर बसे। त्यो नेताको नाम थियो— "चैतन्य भार्गव"। भार्गव परिवार देशको ५० कुलीन परिवारमध्ये पनि ती ८ परिवारभित्र पर्थ्यो, जसलाई मुख्य कुलीन परिवार मानिन्थ्यो। यसको अर्थ यो थियो कि, यो परिवारको प्रभाव आश्रममा मात्र होइन, पूरै साम्राज्यमा थियो र उनीहरूले जहाँ पनि असर पार्न सक्थे

त्यो परिवारको रवाफमा उसले निललाई उल्टै धम्की दिँदै भन्यो, "मलाई छोड, म तँलाई यहाँबाट जान दिन्छु।" तर निलले उसको कुरामा पटक्कै विश्वास गरेन, यो त उसको नाटक मात्र थियो। निलले उसलाई छोडिदियो भने पक्का पनि उसले निलमाथि नै हमला गर्ने थियो। निलले हल्का मुस्कुराउँदै भन्यो, "तेरो परिवारको मलाई वास्ता छैन, किनकि यो 'मायावी परीक्षण'मा मैले जसरी पनि उत्तीर्ण हुनैपर्छ। अनि, तँलाई त म एक झट्कामा मार्न सक्छु, त्यसैले चुपचाप मैले भनेको मान।"

तर चैतन्यले रिसले चुर हुँदै भन्यो, "म तँलाई मार्छु— यहाँ परीक्षणमा पनि र बाहिर वास्तविक जीवनमा पनि!"

चैतन्यले यति भन्न नपाउँदै निलले एकै पटक उसको घाँटी समातेर निमोठ्दै टाउको बटारिदियो। एकै झट्कामा चैतन्य भार्गवको प्राण गयो। उसको शरीर उज्यालो ज्योतिमा बदलिएर 'खूनी पहाड'बाट बाहिर गायब भयो। जब सबै छात्रहरूले यो दृश्य देखे, तब उनीहरू सबै स्तब्ध भएर ट्वाँ परे।

पहाड बाहिरको अवस्था निकै अस्तव्यस्त थियो। कसैले पनि निलको दृश्य चित्रपटलमा हेर्न सकिरहेका थिएनन्। सबैले यसवन्त (दल प्रमुख)लाई गाली गर्न थाले। यस्तो घटना आजसम्म कहिल्यै भएको थिएन, त्यसैले सबैको मनमा एउटै प्रश्न थियो— "आज यो के भइरहेको छ?" यसवन्तले मनमनै सोचे, 'अरू सबैको त ठिकै छ, तर उप-प्रमुख सुभाङ्गीले निल पहाडमा जानुअघि उसको शिष्य प्रमाणपत्र हेरेकी थिइन्।'

यसवन्तले यो कुरा मुखबाट बाहिर निकाल्न मात्र के लागेका थिए, उनको मेरुदण्डमा ४४० भोल्टको करेन्ट लागेजस्तै भयो। उनले यता हेर्दा सुभाङ्गीले उनलाई नै घोरिएर हेरिरहेकी थिइन्। त्यो हेराइमा यस्तो डरलाग्दो धम्की थियो कि, यदि उनले यो विषयमा मुख खोले भने त्यो नै उनको अन्तिम सास हुनेछ। यसवन्त आफैँ ५५-६० वर्षका पाका योद्धा थिए, तर १७-१८ वर्षकी सुभाङ्गीको एक नजरले उनको यो हालत हुनुले उनको शक्ति र पहुँच कति भयावह छ भन्ने कुरा प्रष्ट हुन्थ्यो।

आफूले बोल्न लागेको शब्दलाई थुकसँगै निल्दै, यसवन्तले डरलाग्दो स्वरमा भने, "यस विषयमा म पूर्णतया अनभिज्ञ छु, सायद यो कुनै प्राविधिक समस्या होला।" उनले कुरो पन्छाउँदै यो विषयलाई त्यत्तिकै टारे।

सबै आचार्यहरूले निलको शक्ति देखिसकेका थिए। अब सुभाङ्गीलाई निललाई आफ्नो दलमा कसरी ल्याउने भन्ने चिन्ताले सताउन थाल्यो र उनी यताउति हेर्न थालिन्। यता, निल तेस्रो स्तरमा पुगिसकेको थियो। यहाँ अघिल्लो क्षेत्रको जस्तो हरियाली थिएन; ठाउँ निकै उजाड, बाँझो पहाड र ठुला-ठुला खोँचहरूले भरिएको थियो। यहाँका जनावरहरूको शक्ति पनि निकै बढी थियो।

निल सचेत हुँदै अगाडि बढिरहेको थियो। त्यही बेला उसले एक लामो सुस्केरा सुन्यो। त्यो एक 'आग्नेय अङ्गार सर्प' (Fire Python) थियो। निलले चारैतिर हेर्दा आफूमाथि एउटा अचम्मको छाया परेको महसुस गर्यो। एकै क्षणमा त्यो सर्पले आफ्नो पुच्छरले निल भएको ठाउँमा प्रहार गर्यो। निल उफ्रिएर बाँच्न सफल भयो। उसले त्यहाँ सय फिट लामो त्यो अजङ्गको सर्प देख्यो।

त्यो सर्पले फेरि निलतर्फ प्रहार गर्यो। निल उफ्रिँदै बच्दै थियो। उसले बुझ्यो कि यो भ्रमित जनावरको काम नै आफूलाई रोक्नु हो। उसले लुक्दै-भाग्दै आधा घण्टा बितायो। जब सर्पलाई झन् बढी रिस उठ्यो, निलले आफ्नो योजना बुन्दै उसलाई आफूतिर आउन दियो। निल मनमनै सही प्रहारको मौका कुरिरहेको थियो। उता, आग्नेय सर्पले निललाई निल्ने योजना बनाइरहेको थियो।

अन्ततः सर्पले निललाई माथि उचाल्यो र मुख खोल्यो। त्यही मौकामा निलले आफ्नो छुरीले सर्पको टाउकोमा प्रहार गर्यो। सर्पले निललाई टाढा हुत्याउन खोज्यो, तर धेरै ढिलो भइसकेको थियो। निल रोकिएन, उसले लगातार १०-१२ पटक प्रहार गर्यो र त्यो अजङ्गको सर्पलाई मारेरै छोड्यो। सर्पको शरीर निलो-उज्यालो किरणमा परिणत भई एउटा चम्किलो 'जीवन पत्थर'मा बदलियो। निलले त्यसको धुलो सफा गरेर आफ्नो बाँकी जीवन पत्थरहरू भएको ठाउँमा राख्यो।

यता, निल 'जीवन पत्थर' प्राप्त गरेकोमा खुसी हुँदै थियो, तर उता रणधिर भने निललाई कुरेर बसेको थियो। ऊ मनमनै निललाई कडा सजाय दिने योजना बनाउँदै बाटोमा नै ढुकेर बसेको थियो।

निल तेस्रो स्तरमा करिब ३ घण्टा बस्यो र धेरै 'जीवन पत्थर' संकलन गर्‍यो। यी ३ घण्टामा उसले 'राक्षसी काग', 'प्राचीन हात्ती', 'तीन टाउके भालु', 'विषालु सिङ भएको भैँसी' 'जङ्गली मान्छे' जस्ता शक्तिशाली प्राणीहरूसँग युद्ध गर्‍यो। यसरी लड्दै र ती जीवहरूलाई परास्त गर्दै निलसँग अब ८ वटा निलो 'जीवन पत्थर' जम्मा भइसकेका थिए। अब मात्र एउटा पत्थर बाँकी थियो, जसलाई प्राप्त गरेपछि ऊ परीक्षणमा उत्तीर्ण हुने थियो।

यसै बेला, निलको सामना एउटा अजङ्गको 'दुम्सी'सँग भयो। त्यो दुम्सीले आफ्ना तीखा काँडाहरूले प्रहार गरेर निललाई हैरान पारिसकेको थियो। निल बच्नका लागि भौँतारिरहेको बेला अचानक उसले आफ्नो पछाडिबाट एउटा डरलाग्दो आवाज महसुस गर्‍यो र झट्ट आफ्नो ठाउँ छोड्यो।

निलको पछाडिबाट एउटा धारिलो चक्कु आएर सिधै त्यो दुम्सीको टाउकोमा लाग्यो। चक्कु लाग्ने बित्तिकै दुम्सीको टाउको दुई भागमा टुक्रियो र त्यो शरीर निलो उज्यालोमा परिणत हुँदै एउटा चम्किलो 'जीवन पत्थर'मा बदलियो।

निलले त्यो चम्किलो 'जीवन पत्थर' टिप्न हात बढाउँदै थियो, तर एक चिसो र खित्का छोड्ने हाँसो गुन्जियो। "धेरै मेहनत गर्‍यौ निल, तर यो पत्थर त अब मेरो भयो!"

रुखको ओतबाट रणधिर बाहिर निस्कियो। उसको हातमा अर्को यस्तै धारिलो चक्कु थियो। उसले घमण्डका साथ भन्यो, "मैले त्यो दुम्सीलाई घाइते बनाइसकेको थिएँ, तँ त केवल मेरो शिकारको अन्तिम प्रहारको फाइदा उठाउँदै थिइस्।"

निलको अनुहारमा एउटा कालो छायाँ देखियो। ऊ रणधिरको धूर्तता बुझ्न सक्थ्यो। यो पत्थर केवल एउटा वस्तु थिएन, यो निलको परीक्षणको अन्तिम खुड्किलो थियो। निलले शान्त तर गम्भीर स्वरमा भन्यो, "रणधिर, तँलाई यो पत्थरको भोक छ कि मेरो अपमान गर्ने रहर? यदि तँलाई साँच्चै लड्ने रहर छ भने, पत्थरका लागि होइन, आफ्नै अस्तित्व बचाउनका लागि तयारी गर।"

रणधिरको हाँसो एकाएक रोकियो। उसले बुझ्यो कि निल अब डरपोक विद्यार्थी रहेन। दुवैजना आमनेसामने भए। तेस्रो स्तरको त्यो बाँझो पहाडमा अब निल र रणधिरको घमासान युद्ध सुरु हुनेवाला थियो।

रणधिरले आफ्नो झोलाबाट एकपछि अर्को गर्दै २०-२२ वटा चम्किला 'निल जीवन पत्थर' झिक्यो र निलको अगाडि भुइँमा छरिदियो। ढुङ्गाहरू भुइँमा खस्दा बज्ने त्यो खनखन आवाजले त्यहाँको शान्त वातावरणलाई थप तनावपूर्ण बनाइदियो।

रणधिरले दुष्ट मुस्कान छर्दै भन्यो, "मलाई यी ससाना पत्थरहरूको कुनै लोभ छैन, निल। मेरो लागि तँलाई यो परीक्षणबाटै 'अनुत्तीर्ण' गराउनु नै सबैभन्दा ठूलो इनाम हो।" उसले आफ्नो हातको चक्कु घुमाउँदै थप्यो, "हेर, यहाँ २२ वटा पत्थर छन्। यदि तँमा साँच्चै हिम्मत छ भने, मलाई हराएर यी सबै लैजा। तर याद राख, यदि तँ हारिस भने, तँसँग भएका अघिल्ला ८ वटा पत्थर पनि मलाई सुम्पिनुपर्छ र यहीं घुँडा टेकेर माफी माग्नुपर्छ!"

निलले भुइँमा छरिएका ती पत्थरहरूलाई एक नजर हेर्यो। उसले बुझ्यो कि रणधिरले उसलाई केवल लडाइँमा मात्र होइन, मानसिक रूपमा पनि कमजोर पार्न खोजिरहेको छ। निलको आँखामा रिसको झिल्को देखिन्थ्यो। उसले आफ्नो मुट्ठी कस्यो र शान्त स्वरमा भन्यो, "रणधिर, तैँले आफ्नो चिहान आफैँ खन्न खोज्दै छस्। तैँले सोचेको छस् कि तँसँग बढी पत्थर हुनु नै तँ शक्तिशाली हुनु हो, तर आज म तँलाई देखाउनेछु कि शक्ति भुइँमा छरिएका पत्थरमा होइन, लड्नेको आत्मबलमा हुन्छ।"

निलको यो आत्मविश्वास देखेर रणधिर अक्क न बक्क भयो। वातावरणमा बिजुली चम्किएजस्तो तनाव पैदा भयो। रणधिरले आफ्नो शक्ति सञ्चय गर्दै निलमाथि जाइलाग्न ठिक्क पर्‍यो।

रणधिरले आफ्नो सबै शक्ति लगाएर निलको पाखुरामा चक्कुले वारपार काट्ने गरी प्रहार गर्‍यो। तर, अचम्म! चक्कु निलको छालामा ठोकिने बित्तिकै 'टन' गर्दै एउटा धातुमा ठोक्किए जस्तो आवाज आयो। रणधिरको हात झनझनायो, तर निलको छालामा एउटा सानो खरोंच समेत देखिएन।

रणधिरको आँखा विस्फारित भए। "यो... यो कसरी सम्भव छ? तँ के मान्छे हो कि फलामको पुत्ला?" उसले अविश्वासका साथ चिच्यायो।

निलले आफ्नो छालालाई हेर्‍यो र हल्का मुस्कुरायो। उसलाई आफ्नै शरीरको यो अभेद्यताको बारेमा पूरा ज्ञान नभए पनि, यति कुरा पक्का थियो कि साधारण हतियारले उसको रौं पनि हल्लाउन सक्दैनथ्यो। निलले शान्त स्वरमा भन्यो, "तेरो चक्कुको धार मसम्म आइपुग्दा कुण्ठित भइसकेको छ, रणधिर।"

रणधिर झन् आक्रोशित भयो। उसले आफ्नो पूर्ण शक्ति बटुलेर निलको घाँटी ताक्दै अर्को घातक प्रहार गर्‍यो। तर निल न डरायो, न त पछि हट्यो। उसले आफ्नो हातले रणधिरको नाडी समात्यो। निलको पकड यति बलियो थियो कि रणधिरको हड्डी नै चर्किने डर भयो। निलले एक झट्कामा रणधिरको हात बटार्दै अर्को हातले उसको पेटमा यस्तो शक्तिशाली मुक्का हान्यो कि रणधिरको मुखबाट रगतको भल बग्यो।

पहाड बाहिर चित्रपटल हेरिरहेका आचार्यहरू पनि यो देखेर आश्चर्यचकित भए। सुभाङ्गीको ओठमा भने एउटा रहस्यमयी मुस्कान देखिन्थ्यो। उनले त यो कुरा पहिले नै थाहा पाएकी थिइन् कि निलको शरीर सामान्य होइन।

रणधिर अब दर्दले भुइँमा पछारिएको थियो। उसले बुझ्यो कि ऊ एक यस्तो प्रतिद्वन्द्वीसँग लड्दै छ, जसको अगाडि उसको शारीरिक शक्ति र साधारण चक्कुले केही गर्न सक्दैन।

रणधिरका आँखामा अब क्रोधभन्दा बढी डरको भाव थियो। ऊ फेरि उठ्यो, तर यसपालि उसको चालमा संयम थिएन। ऊ मडारिँदै निलतिर बढ्यो। रणधिरले आफ्नो दुवै चक्कुलाई एक-आपसमा रगड्दै एउटा विशेष प्रविधि प्रयोग गर्‍यो, जसले गर्दा ती चक्कुहरूमा एक किसिमको चमक पैदा भयो। उसले अन्तिम दाउ चल्दै निलको मुटु ताकेर प्रहार गर्‍यो।

तर निलको प्रतिक्रिया बिजुलीभन्दा छिटो थियो। उसले रणधिरको कलाईलाई हावामै समात्यो र आफ्नो अर्को हातले रणधिरको कुममा जोडले प्रहार गर्‍यो। त्यो प्रहार यति भीषण थियो कि रणधिरको कुमको हड्डी 'कडकड' गर्दै मर्केको आवाज सुनियो। रणधिरको मुखबाट चीत्कार निस्कियो। त्यसपछि निलले लट्टा (Kick) को श्रृङ्खला सुरु गर्‍यो।

पहिलो लट्टा रणधिरको घुँडामा लाग्यो, जसले उसलाई लङ्गडो बनायो। दोस्रो लट्टाले उसको छातीको हड्डीमा प्रहार गर्‍यो, र तेस्रो पटक निलले आफ्नो पूरै शरीरलाई हावामा घुमाउँदै 'राउन्ड-हाउस किक' प्रहार गर्‍यो, जुन सिधै रणधिरको बङ्गारामा बजारियो। रणधिर झण्डै दश फिट पर गएर बाँझो जमिनमा बज्रियो।

त्यो धुलोको मुस्लोभित्रबाट रणधिर उठ्ने प्रयास गर्दै थियो, तर निलले उसलाई मौका नै दिएन। निल हावामा उड्यो र सिधै रणधिरको माथि ओर्लियो। निलले आफ्नो मुट्ठीको शक्तिलाई केन्द्रित गर्दै रणधिरको चक्कु समातेको हातमा प्रहार गर्‍यो। त्यो चोटले रणधिरको हातका औँलाहरू नै सुन्निए र उसका हतियारहरू हावामा उडेर टाढा खसे।

निलले रणधिरको घाँटी समातेर उसलाई जमीनमा थिचिदियो। "अब मेरो पालो, रणधिर!" निलको स्वरमा एउटा यस्तो गम्भीरता थियो कि चित्रपटल बाहिर रहेका प्रमुखहरूको समेत सास रोकियो। निलले आफ्नो अर्को हात रणधिरको छातीमा राख्यो र एक हल्का धक्का दियो। त्यो धक्का सामान्य थिएन, त्यसले रणधिरको शरीरलाई थर्कायो र उसले आफ्नो चेत गुमायो।

त्यो रणभूमिमा अब निस्तब्धता छायो। रणधिरको शरीर उज्यालो प्रकाशमा परिणत हुन थाल्यो र ऊ परीक्षणबाट बाहिरियो। निल त्यहीँ उभिरह्यो, उसको कपडामा अलिअलि धुलो बाहेक कुनै चोट थिएन। उसले भुइँमा छरिएका ती २२ वटा र अघिल्ला ८ वटा गरी जम्मा ३० वटा 'जीवन पत्थर' बटुल्यो। उसको आँखामा अब कुनै द्वेष थिएन, केवल एउटा शान्त विजेताको दृढता थियो।

चित्रपटलमा यो दृश्य देखेपछि सबै आचार्यहरू अवाक् थिए। सुभाङ्गीले सन्तुष्टिको सास फेरिन् र मन्द मुस्कुराउँदै भनिन्, "मैले सोचेभन्दा तागत हाहा"

 

एक टिप्पणी भेजें

और नया पुराने

Put your ad code here