झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

 मेचीनगरमा जंगली हात्तीको हमला, एक जनाको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै जंगली हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।


पुलिसले मृतकको शिनाख्त हुन नसकेको जनाएको छ। तर प्रारम्भिक अनुसन्धानका आधारमा मृतक भारतीय नागरिक हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ।


यसअघि गत शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा ६० वर्षीय भवकृष्ण घिमिरेको पनि जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। पछिल्लो समय पूर्वी नेपालमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले स्थानीयवासीलाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।



एक टिप्पणी भेजें

और नया पुराने

Put your ad code here