घाँस काट्ने क्रममा रुखबाट खसेर झापामा पुरुषको मृत्यु
झापा । झापामा घाँस काट्ने क्रममा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ। झापा गाउँपालिका–६ फुलगाछीका ४५ वर्षीय तुलाराम राईको यस दुर्घटनामा ज्यान गएको हो।
प्रहरीका अनुसार राई हिजो बिहान करिब १०:३० बजे स्थानीय रानी वनमा बाख्राका लागि घाँस काट्न रुख चढेका थिए। सोही क्रममा अचानक सन्तुलन गुमाएर तल खस्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते राईलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन दिउँसो १२:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

एक टिप्पणी भेजें