भारतको आसाम राज्य अन्तर्गत होजाई जिल्लामा रेल र जंगली हात्ती ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। उक्त दुर्घटनामा रेलको इन्जिनसहित पाँचवटा डिब्बा रेलमार्गबाट बाहिरिएका छन्।
प्राप्त जानकारीअनुसार यस घटनामा आठ वटा हात्तीको मृत्यु भएको छ भने एउटा हात्ती घाइते भएको छ। यद्यपि रेल प्रशासनले यस दुर्घटनामा कुनै पनि यात्रु घाइते नभएको जनाएको छ।
उत्तर–पूर्व सीमान्त रेलवे (एनएफआर) का प्रवक्ताका अनुसार नयाँ दिल्ली तर्फ गइरहेको रेल बिहानको समयमा दुर्घटनामा परेको हो। उनले घटनास्थल हात्ती आवागमनका लागि तोकिएको आधिकारिक करिडोर क्षेत्रभित्र नपर्ने जानकारी दिएका छन्।
दुर्घटनापछि उक्त क्षेत्रमा रेल सेवा केही समय प्रभावित भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आसाममा रेल र हात्ती ठोक्किँदा दुर्घटना, आठ हात्तीको दुःखद मृत्यु
Nawakhabar
0

एक टिप्पणी भेजें