*अमेरिकी डलर नेपाली रुपैयाँको मुकाबले उच्चतम स्तरमा
*
नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको खरिद दर १४४.८८ रुपैयाँ र बिक्री दर १४५.४८ रुपैयाँ कायम गरेको छ। युरोपियन युरोको खरिद दर १७०.२० रुपैयाँ र बिक्री दर १७०.९० रुपैयाँ रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९३.९५ रुपैयाँ र बिक्री दर १९४.७५ रुपैयाँ रहेको छ। स्विस फ्रान्कको खरिद दर १८२ रुपैयाँ र बिक्री दर १८२.७५ रुपैयाँ रहेको छ।
त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ९६.२९ रुपैयाँ र बिक्री दर ९६.६९ रुपैयाँ रहेको छ भने १० जापानी येनको खरिद दर ९.३५ रुपैयाँ र बिक्री दर ९.३९ रुपैयाँ रहेको छ। चिनियाँ युआनको खरिद दर २०.५६ रुपैयाँ र बिक्री दर २०.६४ रुपैयाँ रहेको छ।

एक टिप्पणी भेजें