बंगलादेशमा अर्का नेताको पनि गोली हानी हत्या


बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्को नेता सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ।

बंगलादेशको ‘ढाका ट्रिब्यून’ अनुसार, राष्ट्रिय नागरिक पार्टी (एनसीपी) को खुलना डिभिजन प्रमुख र श्रमिक शक्ति पार्टीका केन्द्रीय संयोजक मोतेलेब सिकदर सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानी हत्या गरिएका छन्।

अस्पताल स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ कि सिकदरलाई खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो। सोनाडाङ्गा मोडेल प्रहरी चौकीका इन्चार्ज (अनुसन्धान) अनिमेष मण्डलले भने, “सिकदरलाई अज्ञात आक्रमणकारीहरूले गोली हानेका थिए। स्थानीयबासीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएका थिए।”

Post a Comment

और नया पुराने