⚔️ “निल बायुपुत्र” — Episode 2 : आत्मा ग्रन्थको पुनर्जागरण
🔥 राज्यको नियम — युद्ध र पीडा
राज्य आर्यभूमि को पुरानो परम्परा थियो —
“प्रत्येक कैदी, चाहे अपराधी होस् वा निर्दोष, युद्ध शिक्षामा उपयोगी हुनुपर्छ।”
यो नियम राजाले बनाएको, तर उसको प्रयोगमा काकाको शासनले नर्क बनाइदिएको थियो।
हरेक बिहान, सूर्य नउद्दै प्रहरीहरू जेलका ढोका खोल्थे।
सबै कैदीहरूलाई मैदानमा निकालिन्थ्यो —
त्यहाँ युद्ध प्रशिक्षण चल्थ्यो, जुन प्राचीन परम्पराअनुसार बिभिन्न चरणमा बन्थ्यो —
१️ शैन्य मण्डल
२️ आत्मा मण्डल
३️ अध्यात्म मण्डल
४️ पृथ्वी मण्डल
५️शुक्र मण्डल
६सुर्य मणडल
७ ब्रम्हान्ड मण्डल
८ महा मण्डल
९ प्रजापति मण्डल
१० देव मण्डल
तर कैदीहरूको लागि यो प्रशिक्षण होइन, यातना थियो।
🩸 निलको प्रशिक्षण — पीडाको विद्यालय
निललाई पनि हरेक दिन मैदानमा तानिन्थ्यो।
उसको “सिकाई सहयोगी” बनाइन्थ्यो —
काकाको छोरा राजकुमार दक्ष।
दक्षको आँखामा सधैं तिरस्कार, मनमा बदला।
उसको हातमा लाठी, लात, मुक्का — सबै पीडा मात्र।
“यो त म राजा हुनुपर्ने दरबारको केटोलाई पिट्दै छु!”
“हेर, अब आफुलाई कैदीको रूप देखन सिक!”
निल ढल्थ्यो, फेरि उठ्थ्यो।
कहिले रगतको स्वाद मुखमा, कहिले टुक्रिएको हड्डी।
तर उसको आँखा अझै जलिरहन्थ्यो —
जसमा एउटा नाम बस्थ्यो — “निलिमा”।
🌙 बैनि निलिमा — सप्तसिन्धुको ज्वाला
साँझमा जब सबै थकित भएर सुन्थे,
निल ढुंगाको भित्तामा टाँसिन्थ्यो र आँखाबाट अश्रु झर्थ्यो।
“निलिमा…”
“तिमी अहिले सप्तसिन्धु आश्रममा हौ होला।”
त्यो आश्रम युद्धकलाको सर्वश्रेष्ठ स्थान थियो।
त्यहाँ प्रवेश पाउनेलाई मात्र अनुमति मिल्थ्यो जसको सात कुन्डलिनी चक्र सुचारु हुन्छ।
तर निलिमा त्यहाँ पुगेकी थिई,
जबकि निल अझै दोस्रो चक्रसम्म मात्र पुगेको साधारण साधक थियो।
उनीहरू कहिल्यै भेट्न सकेका थिएनन्,
तर आत्माको सम्बन्धले हरेक पीडामा निल निलिमालाई सम्झन्थ्यो।
“यदि म बाँचें भने, म तिमीलाई देख्न चाहन्छु,” उसले मनमनै बोल्थ्यो।
📚 एक वर्ष — पुस्तक र पीडाको यात्रा
रातमा सबै सुतेपछि निल जेलको अँध्यारो कुनामा पुग्थ्यो।
त्यो पुरानो सुनौलो पुस्तक — आत्मा ग्रन्थ — उसकै आशाको एकमात्र उज्यालो थियो।
तर त्यो पुस्तक पढ्न असम्भव थियो।
अक्षरहरू नाच्थे, हराउँथे, फेरि देखा पर्थे।
निलले नयाँ तरिकाले पढ्न खोज्यो —
कहिले रगतको थोपा लगाएर, कहिले आँसुले अक्षर छोएर।
रातपछिको रात, वर्षपछिको वर्ष बित्यो।
तर शब्दहरूले उत्तर दिएनन्।
शायद ग्रन्थले उसलाई अस्वीकार गरेको थियो।
⚖️ राजाको निर्णय — मृत्युदण्ड
एक बिहान तुरही बज्यो।
जेलका प्रहरी आए, ठूलो आवाजमा आदेश पढियो —
“राजकुमार निल बायुपुत्रलाई राज्यद्रोहको आरोपमा
एक महिनापछि मृत्युदण्ड दिइनेछ।”
सबै कैदीहरू मौन भए।
निलको हातमा पुस्तक चिसो भयो।
मृत्यु अब निश्चित थियो।
🌑 रातको निराशा — आगोमा पुस्तक
मृत्युदण्डको अघिल्लो हप्ता —
निल शान्त थियो, न त रिस, न त आँसु।
उसले पुस्तक अँगाल्यो, अन्तिम पटक खोल्यो।
अक्षरहरू अझै चलिरहेका —
“तिमी किन मौन छौं?” उसले बर्बरायो।
“जब म बाँचिरहेको छु, तिमी चुप रह्यौ…
अब म मर्न लाग्दा पनि तिमी मौन?”
र उसले एक्कासी क्रोधमा पुस्तक आगोमा हालिदियो
सुनौलो ज्वालाले पुस्तक ढाक्यो,
धेरै क्षणसम्म त्यो आगो सुन्दर झैँ चम्कियो —
र अन्ततः खरानी भयो।
निल बस्यो, मौन।
सबै सकियो जस्तो लाग्थ्यो।
उसको जीवन, रहस्य, र आत्मा — सबै खरानी बनेर हावामा हरायो।
🌬️ खरानीको स्वर — असम्भव पुनर्जन्म
तर त्यस रात, जब निल सुत्न खोज्दै थियो,
चिसो हावा जेलमा पस्यो।
र खरानीको थुप्रो सुनौलो चम्किन थाल्यो।
त्यस खरानीभित्रबाट हल्का सुनौलो अक्षर हरु र सुनौलो कलस एकाएक हावामा तैरन थाल्यो र सिधै निलतिर बढ्न थाल्यो
र त्यसले निलको सरिरमा टासिन थाल्यो उसको कपडा छेडेर शरिरभित्र पस्यो तर कुनै घाउ भने भएन ।
निलले एकाएक आफ्नो मनमा सुन्यो
“निल… ग्रन्थ मरेको छैन…”
“तिमी नै त्यो ग्रन्थको उत्तर हौ।
“महायुग सुरु भयो महायुद्को तयारि सुरुगर महायोद्धा निल"
निलको शरीर काँप्यो, आँखा सेता उज्याला बने।
बास्तबमा पुस्तका अक्षरमा केही थिएन थियो त पहिलो पननाको अनौठो ब्रम्हमण्ड चित्रमा जुन चित्रमा पूरा ब्राह्मण थियो र
बिचमा एक कलस रखिएको थियो जुन कलसको चारैतिर नागको चित्रण गरिएको थियो । जम्मा ९ नाग चित्रण गरिएको थियो
बास्तभमा त्यै कलस थियो जुन महत्वपुर्ण थियो ,, खरानी भएपछि त्यो कलसको सुनौलो चित्र जब निलमा पस्यो तब निलको आत्माको एक आयाममा एक कुनामा एउटा कलस देखियो जसमा चित्रित नाग जिवन्त देखियो तर ती नाग मृत जस्तै थिए जिवित थिएनन् ।
“आत्मा ग्रन्थ शरीरमा पुनर्जन्म लिन्छ।”
⚡ अन्त्य — नयाँ सुरुवातको संकेत
निल बेहोस भयो।
तर उसको शरीरको वरिपरि सुनौलो आभा फैलियो।
उसको मुटु धड्किन थाल्यो —
त्यो धड्कन साधारण थिएन, त्यो कुन्डलिनीको तेस्रो चक्र सक्रिय भएको संकेत थियो।
अब प्रश्नहरू नयाँ बने —
“के आत्मा ग्रन्थ निलकै भित्र पुनर्जन्म लिएको हो?”
“के निलले अब सातै चक्र जागृत गर्न सक्ला?”
“मृत्युदण्ड अघि, के यो शक्ति उसलाई बचाउन पर्याप्त हुनेछ?”
अन्त्य — Episode 2 समाप्त
अर्को भागमा: “Episode 3 — आत्मा ग्रन्थको आवाज”
(जहाँ निल आफ्नो शरीरभित्रै आत्मा ग्रन्थको रहस्य सुन्न थाल्छ — र भाग्यको पहेंलो द्वार खुल्न थाल्छ)

