प्रतिबन्धित लागुऔषध जस्तो देखिने पदार्थ सहित स्कुटी र २ जना मानिस नियन्त्रण :-
..........................................................
चैत्र १४, झापा ।
मिति २०७९।१२।१४ गते अं.१६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेचीपुल स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको मे.१० प.३८०७ नम्बरको स्कुटी चालक जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं.१ बस्ने वर्ष २४ को प्रजन्त राई र स्कुटी पछाडी सवार जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं.६ घर भई हाल जिल्ला झापा विर्तामोड नगरपालिका वडा नं.१ डेरा गरी बस्ने वर्ष २१ को शोहन भडेललाई शंका लागि चेकजाच गर्दा स्कुटीको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम फेला परेकोले निजहरु दुबै जनालाई स्कुटी सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखी थप अनुसन्धान कार्य भईरेहेको ।