भण्डारी लाई मानव बेचबिखन को मुद्दा ।
उर्लाबारी / मोरङको उर्लाबारी -७ ईटहरारोडा मा मिक्लाजुङ होटल एण्ड लजका सञ्चालक नवराज भण्डारी लाई प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दायर गरेको छ ।
होटलमा अबैध कारोबार सूचनाको आधारमा प्रहरीले छापा मार्ने क्रममा महिला लाई ललाई फकाई जबर्जस्ति यौन धन्दा मा लगाएको आरोपमा पक्राउ गरि सो मुद्दा लगाएको हो । हिजो सोमबार छापा मार्ने क्रममा ३ जना महिला सहित होटल सञ्चालक भण्डारीलाई पक्राउ गरिएको थियो । उर्लाबारी क्षेत्रमा केही होटेल ब्यवसायिले अबैध रूपमा यौन धन्दा चलाईरहेको भन्ने सूचना का आधारमा प्रहरी एक्सनमा उत्रिएको जिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ । प्रहरी का अनुसार लागु औषध ,र यौन धन्दा माथी कडा निगरानी राख्दै यसै साता मात्रै ५ जना लागु औषध कारोबारि लाई पक्राउ गरि मुद्दा चलाईएको छ ।
साचार -हाम्रो मधुमल्ला फेसबुक पेजबाट