नयाँ ल्यापटप किन्दै हुनुहुन्छ ? यसरी झुक्याउछन् ब्यापारीले, यो अवस्य हेर्नुहोला

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको ल्यापटप तयार गर्न प्रयोग गरिने मुख्य पार्टपुर्जा, ल्यापटप तथा डेस्कटपसहित ५ सय ५० थानको प्राविधिक जाँचपछि 


विदेशमा धेरै पटक प्रयोग गरेर थन्काइएका वा थोत्रा ल्यापटप तथा डेस्कटप कम्प्युटर नेपाल भित्र्याएर यहाँको बजारमा नयाँकै मूल्यमा बिक्री गरिएको भेटिएको छ ।

भन्सारले सनसाइन इलेक्ट्रोनिक र एसआरपीसी टेक्नोलोजी प्रालि, ललितपुर तथा कौशिका इन्टरनेसनल काठमाडौंले दुबईबाट आयात गरेका ल्यापटपको गुणस्तरमा शंका लागेपछि नियन्त्रणमा लिएर प्राविधिक छानबिन गरेको थियो ।

म्याद सकिएका इलेक्ट्रोनिक सामान आयात गर्न नपाइने र आयात गरे भन्सार बिन्दुबाट फिर्ता पठाउनुपर्ने प्रावधान ऐनमा छ । ‘हामी सकभर ती ल्यापटप र डेस्कटपको मूल्यमा २ सय प्रतिशत जरिवाना गराउने सोचमा छौं,’ पोखरेलले भने, ‘सबै तयारी भइसकेको छ ।’

Post a Comment

0Comments
Post a Comment (0)