सरकारि निकायनै कानुन उल्लङ्घन गर्दै कार्वाहिको मागमा तात्यो सामाजिक संजाल ।
नगरप्रहरीको लु १ ग ३६२ नम्बरको ट्रकको पछाडी डोरी बाँधी सोही डोरीले साँढेलाई बाँधेर घिसारिएको जस्तो तस्बिरमा देखिन्छ । सडक नै रक्ताम्य भएको जस्तो पनि तस्बिरमा देखिन्छ । तस्बिर सार्वजनिक भएपछि नगरप्रमुख ईस्तियाक अहमद खानमाथि चर्को आलोचना सुरु भइसकेको छ ।
कमल थापा लेख्छन्य""स्तो क्रुर, निन्दनीय र निकृष्ट कार्य तत्काल रोकियोस्!यस्ता कार्य गर्ने व्यक्तिलाई कारवाही गरियोस्!गृहमन्त्री @hamrorabi को ध्यान आकर्षित गर्दछु""
यस तस्बिरबारे नगरपालिकाको भने फरक दाबी छ । तस्बिरको वास्तविकता नबुझी नगरपालिकामाथि आरोप प्रत्यारोपमा उत्रिएको नगरप्रमुख खान बताउँछन् । उसो भए वास्तविकता के हो त ? उनी भन्छन्,‘साँढेलाई घिसार्नका लागि ट्रकमा बाँधिएको होइन, नभागोस् भनेर बाँधिएको हो।’
नगरप्रमुख खानका अनुसार, नगरपालिकाभित्र छाडा छाडिएका पशुचौपायको व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनाइएको छ । नगरवासीको व्यापक गुनासो पछि नै नगरपालिकाले छाडा पशु चौपायको व्यवस्थापनका लागि होल्डिङ सेन्टर बनाएको हो ।नगरपालिकाले छाडा छाडिएको गाई, गोरुलाई बर्दघाटस्थित गाई संरक्षण केन्द्रमा पुर्याउँदै आएको छ ।